मल नपाउँदा रोपाइँमा समस्या
काठमाडाैं | असार २९, २०७९
सर्लाही: असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताउनुभयो ।
गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको जिल्लाका किसानको गुनासो छ । नियमित पानी नपरेको कारण रोपाइँ गर्न समस्या भएको हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले बताउनुभयो ।
धेरै किसानको खेतमा बीउ छिप्पी सक्दा पनि मलको अभावले समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले गुनासो गर्नुभयो । मल कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उहाँको भनाइ छ ।
केही किसानले भने महँगोमै भए पनि भारतीय रासायनिक मल किनेर धान रोपेका छन् । यसरी आएको मल बोराको रु दुई हजार २०० सम्ममा खरिद गर्नुपरेको किसानको गुनासो छ । मल ल्याउँदा सीमामा दुव्र्येवहार भोग्नु परेको किसान दीपेन्द्र महतोले गुनासो गर्नुभयो ।
बागमती सिचाइँमा पानी ढिलोगरी सञ्चालन हँुदा पनि किसानले समयमा धान रोपाइँ गर्न नपाएको बताइएको छ । बागमती सिचाइँले मूल नहर मर्मत, सफाइ, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानीय निकायको निर्वाचनले गर्दा ढिलागरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी सञ्चालनमा ढिलाइ भएको बागमती भूमिगत जलस्रोत सिँचाइ आयोजनाले जनाएको छ । सिँचाइले नहरमा गत मङ्गलबारबाट पानी छोडेको हो । पानी सञ्चालन भएपछि नहर नजिकैका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन् ।
यसवर्ष धान रोपाइँ ढिला भएकाले उत्पादनसमेतमा कमी हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देवप्रसाद कुशबाहले बताउनुभयो । उहाँका अनुसार समयमै मल नपाउनु, बागमती नहरमा पानी समयमै नछाडिनु लगायतका कारण धान रोपाइँ ढिलो भएको र मौसमको समेत प्रभाव पर्ने भएकाले धान उत्पादनमा घट्न सक्नेछ । पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाइँ गर्ने किसानसमेत दर्के पानीको पर्खाइमा छन् । जिल्लामा हरेक वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।
मधेस प्रदेशमा चैते र बर्खे दुबै मिलाएर वार्षिक १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानलाई मागेजति मल पुर्याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका प्रमुख दीपक थापा मगरले बताउनुभयो । उहाँका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन सर्लाही शाखाले जिल्लाका किसानलाई मल तथा बीउबिजन उपलब्ध गराउँछन् । (
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

